aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफको साधारण सभा मंसिर ४ गते, लाभांशमा के दिँदै छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
गुराँस लाइफको साधारण सभा मंसिर ४ गते, लाभांशमा के दिँदै छ ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर ४ गते १० औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालय , श्री राज भवन, तिनकुने, काठमाडौंमा विहान १०ः३० बजे सभा बोलाईएको हो ।

सभाले आर्थिक वर्ष २०७४/७५ को लागि प्रस्तावित १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा यो लाभांश दिने प्रस्ताव बीमा समितिबाट स्वीकृत गराएको थियो ।

हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गरिसकेकाले उक्त हकप्रद पश्चात चुक्तापूँजी  १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएकाले सो पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । साथै उक्त बोनसमा लाग्ने कर वापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ ।

लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबा १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ गतेभित्र शेयर सुरक्षित गर्नुपर्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस