aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तीन कम्पनीको साधारण सभा बुधबार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
तीन कम्पनीको साधारण सभा बुधबार हुदै

काठमाडौं । तीन कम्पनीको साधारण सभा कात्तिक ५ गते (बुधवार) हुदैछ । गोर्खाज फाइनान्स, एनआइबिएल एस क्यापिटल र नेपाल ल्यूब आयलको साधारण सभा बुधवार हुन लागेको हो । 

गोर्खाज फाइनान्सको सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले यस कम्पनी र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौता गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितीलाई अख्तियारी समेत दिनेछ ।

 त्यसैगरी एनआइबिएल एस क्यापिटलले क्यापिटलको सभाहल लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभाले २२ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।  

बुधवारनै नेपाल ल्यूब आयल लिमिटेडले कम्पनीको कार्यालय झम्सिखेल ललितपुरमा साधारण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजे हुनेछ । 
उक्त सभाले ७ दशमलव ०३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले लाभांश प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गरेकाले असोज २१ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस