aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देवचुलीको दलदलेमा कुरियर र कार्गो सेवा संचालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
देवचुलीको दलदलेमा कुरियर र कार्गो सेवा संचालनमा

काठमाडौं । देवचुलीको दलदलेमा कुरियर र कार्गो सेवा सोमबारबाट संचालनमा आएको छ । देवचुलीको  क्षेत्रमा देखिएको कुरियर सेवाको समस्यालाई मध्य नजर गर्दै कुरियर र कार्गो सेवा  संचालनमा ल्याइएको संचालक कृस भुर्तेलले बताएका  छन्   ।

उक्त रकेट अन्तरास्ट्रिय कुरियर र कार्गो सेवाको उद्घाटन देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले देवचुलीका नगरवासीलाई सामान कुरियर गर्नको लागि टाढा जानुपर्ने बाध्यता  हटेको भन्दै खुसि व्यक्त गरेका थिए ।

स्वदेश तथा बिदेशका जुनसुकै ठाउबाट व्यक्तिगत सामान ,घरायसी सामान, अफिसियल कागजपत्र,व्यवसायिक सामन,हवाई र रेल टिकट सुरक्षित र भरपर्दो तवरले पठाउन र पाउन सकिने संचालक कृस भुर्तेलले उक्त कार्यक्रममा बताएका थिए ।

उक्त सेवा शुभारम्भ कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता क्यापटेन डिल बहादुर खत्री, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस