
काठमाडौं । सामलिङ्ग पावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रत्याभूतिकर्ता चयन गरेको छ ।
कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । सम्झौतापत्रमा सामलिङ्ग पावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेलले र क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले निष्काशन गरेको आईपिओ बिक्रि नभएमा बिक्रि नभएको शेयर एनआईबिएल एस क्यापिटलले खरिद गर्ने छ ।
कम्पनीले एकसय रुपैयाँ दरका १२ करोड ३० लाख बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेकोे छ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३/१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
कम्पनी स्थापनाको चार वर्षभित्र उर्जा डेभलपर्सले सम्बद्घ कम्पनीहरु मार्फत ४९ मे.वा को अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माणाधिन अवस्थामा रहेको तथा अन्य ६ आयोजनाहरु निर्माण विकासको विभित्र चरणमा रहेका छन् । आयोजनाको वित्तिय व्यवस्थापन नेपाल एसबिआई बैँकको अगुवाईमा सिद्धार्थ बैँक लिमिटेडको सहभागीतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस