aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनएलजी इन्स्योरेन्सको साधारण सभा मंसिर ५ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
एनएलजी इन्स्योरेन्सको साधारण सभा मंसिर ५ गते

काठमाडौं  । एनएलजी इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरीमा बिहान १० बजे सभा बोलाईको हो । वेबिनार मार्फत सभा गर्ने तयारी कम्पनीको छ । सभाले आव २०७५÷७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साथै उक्त प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गर्ने भएको छ । यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस