aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिनो हाइड्रो सगरमाथा पावरको २२ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
सिनो हाइड्रो सगरमाथा पावरको २२ प्रतिशत लाभांश


काठमाडौं । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले लाभांश दिने भएको छ । पावर कम्पनीले २२ प्रतिशत नगद लाभांस वितरण  गरेको हो । कम्पनीले १६ करोड रुपैयाँ नगद बराबरको लाभांश वितरण गरेको छ । 

कम्पनीले गत चारवर्षदेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ । यो पावर चाइना र चितवनको कोइ समूहअन्तर्गत सगरमाथा पावर कम्पनीको संयुक्त लगानी रहेको सिनो हाइड्रो आयोजना हो। 

५ अर्ब रुपैयाँ कुल पुँजी रहेको कम्पनीमा नेपाली कम्पनीको १० प्रतिशत लगानी रहेको छ।  कम्पनीले लमजुङ जिल्लामा  ५० मेगावाट बिद्युत उत्पादन गरिरहेको  छ।   
 

प्रतिक्रिया दिनुहोस