
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शिव श्री हाइड्रोपावरको साधारण शेयर सूचीकृत भएको छ । कम्पनीको एक करोड ४७ लाख ६४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
गत कार्तिक ६ गते मात्र कम्पनीको उक्त शेयर नेप्सेमा सूचीकरण भएको हो । प्रतिमेगावाट लागत निकै कम रहेको शिव श्री हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित स्थानीयले नकिनेको समेत गरेर ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ विक्रि गरेको थियो ।
हाल यो कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाटको उपल्लो चाकु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस