
काठमाडौं । दशैंको बिदापछि खुलेको शेयर बजारले लाभांश घोषणा गरेका कम्पनीको शेयरले बजारमा आफ्नो वृद्धिको चमक देखाउने लगानीकर्ताले अनुमान गरेका छन् । दशैंअघि सबैभन्दा बढी कारोबार भएको एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ ।
बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाइ वितरण गरिने बैंकले जनाएको छ ।
त्यस्तै, सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले साधारणसभाको मिति समेत घोषणा गरिसकेकाले यसको बुक क्लोज समेतको मिति घोषणा भइसकेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंक आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत बिहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ को खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजनाका इकाइधनीले ४ प्रतिशत लाभांश पाउने भएका छन् । सेञ्चुरी क्यापिटल र कुमारी क्यापिटलले पनि ४ प्रतिशत लाभांश घोषणा गरेको भएपनि सो संस्थामा सर्वसाधारणको लगानी नरहेकाले ग्लोबल आईएमई समुन्नत योजना नै हालसम्मको सबैभन्दा थोरै लाभांश घोषणा गर्ने कम्पनी बनेको छ ।
लाभांश घोषणा गरेका समता लघुवित्त, फस्ट माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, आशा लघुवित्त, आरएसडिसी, सानिमा इक्वीटी फण्ड, र शिवम् सिमेन्ट, नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स, कम्पनी शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउने देखिन्छ । शिवम् सिमेण्ट्सले आर्थिक वर्ष २०७६/७७ को लागि २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव बिहीवार सार्वजनिक गरेको छ। उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न शिवम्ले कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ ।
दसैं बिदा सुरु हुनु अघिल्लो दिन लगभग २ अर्बको कारोबार भए पनि त्यसअघि निरन्तर घटेर एक अर्बभन्दा तल आइसकेको थियो। अब अन्तिम दिनको लयलाई समातेर बजारमा कारोबार बढ्ने छ ।
प्रतिक्रिया दिनुहोस