
काठमाडौं । बाँडफाँट भएको करिब एक वर्षपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको शिवश्री हाइड्रोपावरको लिमिटेडको पहिलो कारोबारका लागि नेप्सेले मूल्यरेञ्ज तोकेको छ । नेप्सेले शिवश्री हाइड्रोपावरको पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँ को मूल्यरेञ्ज तोकेको हो ।
२०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी मंसिर २४ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणबाट माग बमोजिम आवेदन नपरेपछि प्रत्याभूतकर्ताले सकार्न नमानेपछि विवादित बनेको शेयर करिब १ वर्षमा कात्तिक ५ गते सूचीकृत भएको हो ।
एसएसएचएल स्टक संकेत प्राप्त गरेको यस कम्पनीको शेयर कारोबार भने हालसम्म भएको छैन् । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचीकृत गरेको हो । कात्तिक ५ गते सूचीकृत भएको यी शेयर कात्तिक ६ गतेदेखिनै कारोबार योग्य भएको हो ।
प्रतिक्रिया दिनुहोस