aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अण्डाको गुणस्तर कसरी जान्ने ? काँचो अण्डा खाँदा के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
अण्डाको गुणस्तर कसरी जान्ने ? काँचो अण्डा खाँदा के हुन्छ ?

काठमाडौं । अण्डामालाई ’प्रोटिनको राजा’ भनिन्छ । जुन हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छ । जाडोमा यसले हाम्रो शरीरलाई तातो राख्नका साथै प्रोटिनको कमीलाई पनि पूरा गर्दछ । तर, कहिल्यै काहि खराब अण्डा पर्यो भने स्वास्थ्य नै विगार्ने काम पनि गर्छ । वास्तवमा, मान्छेले अण्डालाई बाहिरबाट राम्रो अवस्था देखेर किन्छन । तर, जब अण्डा पकाउन वा भान्सामा पुर्याइन्छ तब अण्डाको गुणस्तरको बारेमा थाहा हुन्छ । 

अण्डाको गुणस्तर कसरी जान्ने?

अण्डाहरूको गुणस्तर पत्ता लगाउन तपाईंले सानो प्रयोग गर्नुपर्नेहुन्छ । एक गिलासमा पानी लिनुहोस् । उक्त पानीको गिलास आधा भन्दा अलि बढी हुनुपर्दछ ।  यसपछि अण्डा लिनुहोस् र यसलाई पानीमा छोड्नुहोस्।

पानीमा अण्डा राख्ने वित्तिकै अण्डाको पोजिसन देख्न सकिन्छ ।  पहिलो यदि अण्डा पानीको सतहभन्दा तल नै बसेको छ भने यो अण्डा राम्रो गुणस्तरको भनेर मान्नुहोस ।  यसलाई स्वतन्त्र रूपमा खान सक्नुहुन्छ । तर बाँकी दुई स्थिति अण्डाको कमजोर गुणतर्फ औंल्याउँछन् । जुन खतराबाट मुक्त छैन।

यदि अण्डा पानीको तल गएर ठाडो रूपमा बस्यो भने यसको मतलब यो अण्डा एकदम पुरानो हो र यसले तपाईंको स्वास्थ्यलाई बिगार्न सक्छ । अण्डालाई पानीमा छोडेपछि यदि अण्डा पानीको सतहमा तैरिरहेको छ वा माथि आउँदै छ भने त्यसोभए यो भित्रबाट सड्नको हुन सक्छ । यी दुबै केसहरूमा अण्डाले तपाईंको स्वास्थ्यलाई प्रोटिनको सट्टामा धेरै रोगहरू निम्त्याउन सक्छ । 

अण्डा राम्रो कोलेस्ट्रोल, ल्यूटिन, जेक्सैथिन एन्टिओक्सिडेन्ट, अमीनो एसिड, भिटामिन(ए र प्रोटिनले पूर्ण मानिन्छ । जुन हाम्रो मांसपेशी, आँखा, छाला र हृदयका लागि एकदम महत्वपूर्ण हुन्छ । स्वास्थ्य विशेषज्ञहरूले पनि बिहानको खाजामा दैनिक एक उसिनेको अण्डा खाने सल्लाह दिन्छन् । 

प्रायः अण्डाहरूमा रहेको प्रोटिनको मुल संरचना पकाएपछि परिवर्तन हुन्छ । तर, काँचो अण्डा भिटामिनहरूको खजाना मानिन्छ । यसमा भिटामिन बी (१२ प्रशस्त हुन्छ । काचो अण्डा खानेले एनीमियाको समस्या हटाउँदछ र यसले दिमागलाई पनि उत्तेजित गर्दछ । 

प्रतिक्रिया दिनुहोस