aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रि ओनिङ सेसनमा शिवश्री हाइड्रोको शेयर कारोबार, खरिद चाप उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
प्रि ओनिङ सेसनमा शिवश्री हाइड्रोको शेयर कारोबार, खरिद चाप उच्च

काठमाडौं । कात्तिक ५ गते सूचीकृत भई कात्तिक ६ गतेबाट कारोबार योग्य भएको शिबश्री हाइड्राको शेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । प्रि ओपनिङ सेसनमा बिहीबार कारोबार भएपछि नियमित सेसनमा कारोबार सुरु भएको हो । प्रि ओपनिङ सेसनमा यस कम्पनीको १०० कित्ता शेयर प्रतिकित्ता  १२० रुपैयाँका दरमा खरिद विक्री भएको छ । 

नेप्सेले शिवश्री हाइड्रोपावरको पहिलो कारोबारका लागि १०० देखि  ३०० रुपैयाँको मूल्यरेञ्ज तोकेको थियोे । प्रि ओपनिङ सेसनमा खरिद विक्री भएपनि कारोबारको ३० मिनेटसम्म कम्पनीको २ लाख ७८ हजार २२० कित्ता शेयर खरिद माग रहेको छ भने यो अवधिसम्म विक्री कर्ता भने आएका छैनन् । नियमित सेसनमा कमपनीको शेयर प्रतिकित्ता  १२० रुपैयाँ मा खुला भएको छ ।

यस कम्पनीले २०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी मंसिर २४ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणबाट माग बमोजिम आवेदन नपरेपछि प्रत्याभूतकर्ताले सकार्न नमानेपछि विवादित बनेको शेयर करिब १ वर्षमा कात्तिक ५ गते सूचीकृत भएको हो । कम्पनीले दोस्रो बजारमा एसएसएचएल स्टक संकेतबाट संस्थापक र सर्वसाधारण तर्फको गरी कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचीकृत गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस