
बारा । सुवर्ण गाउँपालिका–३ संतगञ्जमा भारतबाट अवैध रुपमा भन्सार छली ३ वटा मोटरसाइकलमा ल्याउँदै गरेको ७ बोरा प्याज मोटरसाइकल सहित बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।
बरामद सामान जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयबासीले अवरोध गरी अचानक ढुंगामुढा गर्दा ३ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । सो क्रममा घाइते भएका १ जना स्थानीयको बयोधा अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस