
काठमाडौं । विश्व बैंकले करिब साढे ९ अर्ब रुपैयाँ (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । नेपालको कृषि क्षेत्र र कोभिड महामारीका कारण प्रभावमा परेको क्षेत्रको सहयोगको लागि ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो ।
उक्त सहयोगले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने र खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस