एजेन्सी । कोरोना भाइरस महामारी बीच भारतको गुवाहाटीको एक टी आक्शन सेन्टर (जीटीएसी) मा विहीबार एक केजी चिया ७५ हजार रुपैयाँ भारु बिक्री भएको छ । चियाको यो मूल्य यसभन्दा बढी भएको बताइएको छ । भारतको गुवाहाटी टी एक्शन बाइर्स एसोसिएशन (जीटीएबीए) सचिव दिनेश बिहानीले यसभन्दा अघि पनि यस्तै अर्को ब्राण्डको चिया यहि मूल्यमा विक्रि भएको बताए ।
मनोहारी गोल्ड स्पेशियल्टी चिया कम्टेम्पोररी ब्रोकर्स प्राइभेट लिमिटेडले विक्रि गरेको हो । महगो चिया केटी ट्रेडर विष्णु टी कम्पनीले किनेको थियो । डिजिटल प्लेट फर्म वेबसाइट ढबmबmतभब।अयm मार्फत यो चिया विश्वभरी विक्रि गर्ने गरेको छ । यो ब्राण्डको चियाले गत वर्ष ५० हजार रुपैयाँ भारु प्रति किलो ग्रामसम्म मूल्य पाएको थियो ।
सचिव बिहानीका अनुसार एक्सोटिक चियाको पहिचान भनेको यसको सुगन्ध, स्वाद र रंग नै हो । पछिल्लो वर्षहरू आर्थोडक्स गोल्डेन टी टिप्सले ७० हजार ५०१ रुपैयाँ भारु प्रतिकिलो मूल् य पाएको थियो ।
प्रतिक्रिया दिनुहोस