
मुम्बई । दीपावलीमा रिलिजको तयारीमा रहेको यस वर्षको अक्षय कुमारको पहिलो चलचित्र ‘लक्ष्मी बम्ब’ विवादमा तानिएको छ । भारतिय सञ्चार माध्यमका अनुसार चलचित्रको शीर्षकलाई लिएर निर्माण टिम विवादमा तानिएको हो ।
फिल्मको नाम तथा यसको कथावस्तु प्रति आपत्ति प्रकट गरिएको छ । कतिपयले फिल्मको नामले हिन्दूका भावनामा ठेस पुर्याएको समेत धारणा राखेका छन् ।
चलचित्रको नाम परिवर्तन गर्नुपर्छ भन्दै श्री राजपुत कर्णी सेनाले निर्माण टिमलाई कानुनी सूचना पठाएको छ । फिल्म मेकर्सलाई श्री राजपुत करणी सेनाको तर्फबाट पनि कानुनी नोटिस मिलेको छ । जसमा फिल्मको नाम परिवर्तन गर्न माग समेत गरिएको छ । ‘फिल्मको नाम ‘लक्ष्मी बम’ हिन्दुका देवी लक्ष्मीका लागि निकै अपमान हो’ कानुनी नोटिसमा भनिएको छ ‘मेकर्सले जानेर बुझेर देवी लक्ष्मीको अपमान गर्न फिल्मको यस्तो टाइटल राखिएको हो ।’ ‘फिल्मको टाइटल ‘लक्ष्मी बम’बाट हिन्दू समूदायको भावनमा ठेस पुग्छ,’ नोटिसमा उल्लेख छ ।
श्री राजपूत करणी सेनाको तर्फबाट वकिल राधवेन्द्र मेहरोत्राले फिल्म मेकरको नाममा नोटिस पठाएका हुन् । कानुनी नोटिसमा फिल्मको मेकरले बिना सर्त माफी माग्न समेत भनिएको छ । नोटिसमा अगाडि उल्लेख गरिएको छ, ‘फिल्मको माध्यमबाट समाजमा हिन्दु धर्मका देवीदेवताको, रितिरिवाजको र भावनाविरुद्ध गलत सन्देश दिइएको छ ।’
यसअगाडि हिन्दु सेना नामक संगठनले पनि फिल्मको नाम परिवर्तन गर्न माग गरेको थियो । फिल्म एक व्यक्तिमा आधारित भएर निर्माण भएको छ । जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्दछ । फिल्ममा अक्षयकुमार मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस