aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ग्लोबल गोरखा समाजद्वारा संरक्षक समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
ग्लोबल गोरखा समाजद्वारा संरक्षक समिति गठन

काठमाडौं । ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले ७ सदस्यीय संरक्षक समिति गठन गरेकोछ। समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट (जापान) लाई प्रमुख संरक्षक मनोनित गरेको छ भने संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त (जर्मनी), एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी) रहेका छन् । 

त्यस्तै सामाजिक अभियन्ता डा.विष्णुमाया परियार (अमेरिका), ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ (युके), एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल (फ़्रान्स) र एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने (अमेरिका) लाई मनोनित गरेको छ।

समाजले कोरोनाभाईरसको कारण प्रभावित गोरखा जिल्लाका सबै ९ गाउँपालिका र २ नगरपालिकालाई जनही १ लाखको स्वास्थ्य सामाग्री प्रदान गर्ने निर्णय गरेको छ। ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनय अधिकारीका अनुसार स्वास्थ्य सामाग्रीको लागि आवश्यक रकम कार्य समिति, सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिनेछ।

त्यसैगरी, अक्टोवर २४ तारिख सम्पन्न समाजको भर्चुअल बैठकले उपाध्यक्षमा रस्मि थापा मगर ९क्यानडा०, कोषाध्यक्षमा आकाश बन्जारा ९हङकङ० र सह(कोषाध्यक्षमा बमबहादुर गुरुङ (युके) लाई नियुक्त गरेको छ । बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्नेगरि ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस