
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते हुने भएको छ । कम्पनीले सभा अपरान्ह ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाटमा एमबिएल टावरमा गर्ने जानकारी गराएको हो ।
सभाले ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितीको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्ने रहेको छ ।
यी दूई क्यापिटल एक आपसमा गाभिएपश्चात कम्पनीको बर्तमान अधिकृत पूँजी ३० करोड रुपैयाँबाट वृद्धि गरी ४० करोड रुपैयाँ, जारी पूँजी २० करोड रुपैयाँबाट वृद्धि गरी ३१ करोड ४८ लाख ३२ हजार रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँबाट वृद्धि गरेर २६ करोड ७६ लाख ७ हजार रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीको शेयर स्वामित्व संस्थापक तर्फ ८५ प्रतिशत र सर्वसाधारण तर्फ १५ प्रतिशत रहने व्यवस्था गर्ने र कम्पनीको नाम परिवर्तन गर्ने विषय पनि सभाका लागि तय भएको छ । माछापुच्छ्रे र कृति क्यापिटल एक आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम माछापुच्छे« कृति क्यापिटल हुने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस