aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस शेयरका लागि बुक क्लोज असार १ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस शेयरका लागि बुक क्लोज असार १ गतेदेखि

सगरमाथा इन्स्योरेन्स कम्पनीको २२ औं वार्षिक साधारण सभाका लागि बुक क्लोज असार १ गतेदेखि बन्द गर्ने भएको छ ।
ले गत आर्थिक बर्ष २०७४/७५ को बोनस शेयर वितरण गरेर बीमा समितिले तोके बमोजिमको एक अर्ब चुक्ता पूँजी कायम गर्ने भएको छ । 

कम्पनीले शेयरधनीलाई ८६ प्रतिशत बोनस पारित गर्ने भएको छ । जसका लागि साधारण सभा असार १३ गते शुक्रबार आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकको प्रस्ताव अनुसार ८६ प्रतिशतले ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँको बराबरको बोनस वितरण हुनेछ । बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने हुन्छ ।

कम्पनीको शेयर दाखिल खारेज असार १ गतेदेखि १३ गतेसम्म बन्द गर्ने भएको छ । उक्त लाभांश जेठ ३२ गतेसम्म कायम शेयर धनीले मात्र पाउने छन् ।  
 

प्रतिक्रिया दिनुहोस