aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिओके क्यापिटलको साधारण सभा मंसिर ५ गते हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
बिओके क्यापिटलको साधारण सभा मंसिर ५ गते हुदैं

काठमाडौं । बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ । कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउसो १ बजे गर्ने सभा बोलाइएको हो । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

 सभाले ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै प्रबन्धपत्र तथा नियामवली सशोधन सम्बन्धी विशेष प्रस्ताव पारीत गर्नुका साथै सामुहिक लगानी कोषको व्यवस्थापक तथा सामुहिक लगानी कोषको डिपोजिटरीको कार्य गर्ने सम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस