
काठमाडौं । माउन्टेन इनर्जी नेपालले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओ नपरेको रकम फिर्ता भुक्तानी गर्न सुरु गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि उक्त रकम फिर्ता भुक्तानी गर्न सुरु गरेको जानकारी दिएको हो ।
आईपीओ नपरेको रकम आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरेको कम्पनीले जानकारी दिएको छ । यसर्थ रकम प्राप्त भएनभएको एकिन गर्न समेत कम्पनीले अनुरोध गरेको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानियका लागि भदौ ३१ गतेदेखि असोज २९ गतेसम्मका लागि आईपीओ विक्री खुला गरेको थियो ।
आयोजना प्रभावित स्थानियका लागि कम्पनीले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री खुला गरेको हो । यो आईपीओ कम्पनीले कात्तिक ६ गते बाँडफाँट गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस