aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दक्षिण कोरियाको कार निर्यातमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
दक्षिण कोरियाको कार निर्यातमा वृद्धि

सियोल । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यात यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ । कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको र यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।

तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको पनि कार्यालयले बताएको छ । निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ ।

चार पाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ । मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको तर रूस, साउदी अरब तथा स्पेनमा निर्यातमा दुई अङ्कले नै कमी आएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस