aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ४ लाख १० हजार ८८० कित्ता शेयर सूचीकृत गराएको हो । 

यो बोनस शेयर कम्पनीले गत असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त सभामार्फत कम्पनीले बोनस शेयर कर समेत गरी ३ दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव पारित गरेको थियो । उक्त नगद लाभांश भने कम्पनीले वितरण गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस