
काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । अव कम्पनीको शेयर सम्बन्धी सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलबाट हुनेछ । यस कम्पनीको शेयर बाँडफाँट भएको करिब १ वर्षमा कात्तिक ५ गते सूचीकृत भएको थियो । प्रत्याभुतकर्ता र कम्पनी बिचको विवादका कारण कम्पनीको शेयर सूचीकरण ढिलाई भएको हो ।
धितोपत्र दोस्रो बजारमा कात्तिक कात्तिक १३ गतेदेखि कारोबार सुरु गरेको यस कम्पनीको धितोपत्र बजारमा १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत रहेको छ । यस कम्पनीले २०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी मंसिर २४ गते बाँडफाँट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस