काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ गते हुने भएको छ । कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा अपरान्ह २ बजेका लागि सभा आव्हान गरिएको हो ।
सभाले हाल कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा रहेकोमा बिजुलीबजार, काठमाडौंमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०७६÷७७ सम्मको मुनाफाबाट २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस