
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी , शेयर रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटलबाट हुनेछन् । कम्पनीले असोज २१ गते देखि ३० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ता दरले शेयर पाएको थिए । उक्त शेयर कम्पनीले कात्तिक १४ गते देखि लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको हो । उक्त शेयर धितोपत्र दोस्रो बजारमा यसै साताभित्र कारोबार योग्य बनाउने तयारी कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस