
काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको १२ औं र १३ औं वार्षिक साधारण सभा मंसिर ७ गते हुने भएको छ । कम्पनीले सभा होटेल ल्याण्डमार्क दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजे सभा बोलाएको हो ।
सभाले कञ्चनजंघा हाउजिङ लिमिटेड र पिपुल्स ईनभेष्टमेण्ट कम्पनी लिमिटेड एक आपसमा गाभ्ने अथवा मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितीको ८६ औ बैठकले गरेको निर्णयहरु अनुमोदन गर्नेछ । साथै आव २०७५/७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने रहेको छ ।
साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका कात्तिक २५ गते बन्द रहने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस