
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनार्थ सोमबार शेयरमूल्य समायोजन गरेको हो । सानिमाको १० प्रतिशत बोनस पछिको मूल्य नेप्सेले प्रतिकित्ता ३२० रुपैयाँ तोकेको हो । सानिमाको आइतवारको अन्तिम शेयरमूल्य ३५२ रुपैयाँलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको जानकारी दिएको छ ।
सानिमाले प्रस्तावित लाभांश र आगामी साधारण सभाका लागि कात्तिक १७ गते (सोमबार) बुक क्लोज गरेको छ । यस आधारमा कात्तिक १६ गतेसम्मका शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य भएका छन् ।
सानिमाले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात यो पूँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस