aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ठूलो आइपीओ एकैपटक दुई स्कटमा सूचीकृत हुने, अन्य १० ठूला आइपीओहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
ठूलो आइपीओ एकैपटक दुई स्कटमा सूचीकृत हुने, अन्य १० ठूला आइपीओहरु

एजेन्सी । चीनको अलिबाबा ग्रुपको कम्पनी अलिबाबा होल्डिंग प्रालिले विश्वको अहिलेसम्मकै ठूलो आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । यो सँगै विश्वका १० ठूला आइपीओ निकास्कान गर्ने कम्पनीहरुमध्ये सबैभन्दा ठूलो कम्पनी हुन गएको छ । यसभन्दा पहिला यसअघि गत डिसेम्बरमा साउदी आरामकोले २९.४ अर्ब डलरको आइपीओ निष्काशन गरेको थियो ।
 
चिनियाँ अर्बपति तथा विश्वकै अर्बपति सूचीमा परेका ज्याक माको कम्पनी अलिबाबा होल्डिंगसलाई ३० अर्ब डलको आइपीओ निष्काशन गर्नचीनको धितोपत्र नियामक आयोगले अनुमति दिएको हो । कम्पनीको आइपीओ जारी भइसकेपछि यसको शेयर एकैपटक हङकङ र चीनको साङघाइ स्टक एक्स्चेञ्जमा सूचीकृत हुने छ ।  
 
त्यस्तै यसभन्दा पहिला एग्रिकल्चर बैंक अफ चाइनाको सन २०१० मा १९.२ विलियनको आइपीओ निस्कासन भएको थियो । २००६ मा इन्डष्टियल बलम कमर्सियल बैंक अफ चाइनाले १९.१ विलियनको आइपीओ निस्कासन गरेको थियो । २०१० मा नै जेनेरल मोटरसको २०.१ विलियनको आइपीओ निस्कासन भएको थियो ।

 त्यस्तै, एनटीटी डोकोमो जापानको २०१८ १८.४ विलियनको आइपीओ जारी गरेको थियो । त्यस्तै भिसा इन्कोको २००८ मा १७.९ विलियनको आइपीओ निस्कासन गरेको थियो । एआइए ग्रुपले २०१० मा २०.५ विलियन, इनेलको १९९९ मा १७.४ विलियन, फेस बुकको २०१२ मा १६ विलियनको आइपीओ निस्काुन गरेको थियो । त्यस्तै, डच टेलिकमले १९९६ १३ विलियन डलरको आइपीओ जारी गरेको थियो । सफ्ट बैंकको २४ विलियनको आइपीओ २०१८ मा जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस