aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तिनाउँ मिसन डेभलपमेण्ट बैंकको साधारण सभा आव्हान, के पास गर्दैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
तिनाउँ मिसन डेभलपमेण्ट बैंकको साधारण सभा आव्हान, के पास गर्दैछ ?

काठमाडौं । तिनाउँ मिसन डेभलपमेण्ट बैंकले मंसिर ७ गते विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय, बुटवल, रुपन्देहीमा दिउसो १ बजे सभा गर्न लागेको हो । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ती पछि संस्थापकतर्फ ६३ दशमलव ३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६ दशमलव ६७ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संसोधनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते एक दिन बुक क्लोज गर्ने बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस