aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाको कारण थला परेकालाई थप राहत प्याकेज दिन आएमएफको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
कोरोनाको कारण थला परेकालाई थप राहत प्याकेज दिन आएमएफको आग्रह

एजेन्सी । कोरोनाको कारण लामो समय थला परेकाहरुलाई अरू थप  राहत प्याकेज दिन विश्व भरिका सरकार प्रमुखहरुलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ)ले आग्रह गरेको छ। कोष कि प्रमुख अर्थशास्त्री गीता गोपीनाथले कोभिड १९ ले तरलता ट्यापमा परेकाहरूलाई राहत प्याकेज दिन आग्रह गरेकी गरेकी हुन्। 

फाइन्सिएल टाइम्समा पहिलो चोटी ६० प्रतिशत ग्लोबल इकोनमिका केन्द्रीय बैंकहरूको व्याजदरहरू एक प्रतिशत भन्दा तल आएको,९७ प्रतिशत एडभान्स इकोनमी रहेको गोपीनाथले भनेकी छिन्।जबकि २० प्रतिशत बैकहरूको ब्याजदरहरू नेगेटिभ भएका छन्। ब्याजदरमा भएको भारी कटौतीका बाबजुद केन्द्रीय बैकहरुले कठिन समयको लागि थप ब्याजदर कटौती गर्ने तयारी गरिरहेको उनले भनेकी छन्।

उनका अनुसार बर्तमानमा संसारभरका अर्थ व्यवस्था तरलता ट्यापमा परेका छन्।जहाँ मौद्रिक नीतिको प्रभाव सीमित हुँदै गएको छ। त्यसैले हामीले थप योजना हरू बनाएर सहमतिका साथ अघि बढ्नु पर्ने आवश्यकता छ।

उनले संसारभरिका फिस्कल अथ्योरोटीलाइ नगद दिएर डिमान्ड बढाउन सुझाएकी छन्। मेडिकल सुविधाहरू,डिजिटल इन्फ्रास्ट्रक्चर र पर्यावरणमा सुरक्षामा ठुलो मात्रामा लगानी गर्नु पर्ने गोपीनाथको भनाइ छ। यसले नयाँ रोजगार सिर्जना हुने र प्राइभेट इन्भेस्टमेन्टलाई पनि प्रोत्साहन मिल्ने उनको जिकिर छ। यसले रिकवरीको सुरुवात बलियो बनाउने छ।

गएको महिना अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्ल्ड इकोनमिक आउट लुक रिपोर्ट प्रकाशित गरेको थियो। जसमा आइएमएफले २०२० को लागि ग्लोबल इकोनमी ४।४ प्रतिशतले घट्ने अनुमान गरिएको थियो। उसका अनुसार महामारीको असर धेरै समयसम्म रहने छ।

प्रतिक्रिया दिनुहोस