
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । नेप्सेको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको शेयर बुधवारदेखि नेप्सेमा कारोबार हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस