aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
गुराँस लाइफको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने कात्तिक १९ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न मंसिर ४ गते १० औं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको हो । 
 
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गरिसकेकाले उक्त हकप्रद पश्चात चुक्तापूँजी  १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएकाले सो पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

 साथै उक्त बोनसमा लाग्ने कर वापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ । लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस