aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबार

काठमाडौं ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३ दशमलव ७३ रुपैयाँदेखि ३११ दशमलव १९ रुपैयाँसम्मको मूल्य तोकेको छ । 

कम्पनीले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस