
काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत बिहीबारदेखि निरन्तर सोमबार सम्म घटेको बजार मंगलबार भने ५ दशमलव ४० अंक बढेर बन्द भएको हो । मंगलबार १ हजार ६३६ दशमलव २० विन्दुदेखि खुलेको बजार १ हजार ६४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको छ ।
बढेको बजारमा सोमबारको तुलनामा कारोबार रकममा भने कमि आएको छ । सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलवार २ अर्ब २३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । मंगलबार १९८ कम्पनीको २९ हजार ६०६ पटकको व्यापारमा उक्त रकम बराबरको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर कारोबार भएको हो ।
यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको मंगलबार १० करोड ३ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । दोस्रोमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकको ८ करोड ३४ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
मंगलबार पनि व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ८ प्रतिशतले बढेको छ । यो दिन बैंकिङ समूहको शून्य दशमलव १७ प्रतिशत र विकास बैंकको शून्य दशमलव ७६ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ ।
मंगलबार होटलको शून्य दशमलव ११ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५१ प्रतिशत, वित्तको शून्य दशमलव ६३ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २ प्रतिशत, अन्यको १ दशमलव ३९ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत, जीवनको शून्य दशमलव १४ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव ४९ प्रतिशतले परिसूचक बढेको छ ।
मंगलवार सामान्य अंकले बढेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने समिट लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, पाँचथर पावरको ९ दशमलव ७३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ४३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ९ दशमलव शून्य १ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस