aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना बीमाको दावी भुक्तानी  ७ दिनभित्र दिन समितिको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
कोरोना बीमाको दावी भुक्तानी  ७ दिनभित्र दिन समितिको निर्देशन

काठमडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो । 

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको चौतर्फी आलोचना समेत भइरहेको बेला बीमा समितिले बीमा कम्पनीलाइ यस्तो निर्देशन दिएको हो ।


कोरोना बीमाको दावी भुक्तानी ढिला सुस्ती भएको गुनासो आइरहेको थियो ।  बीमा दावी भुक्तानीमा ढिलाइ भएको भन्दै अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएको हो ।

वैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमामा हालसम्म १७ लाख ७० हजारले गरेका छन् । यस्तो बीमा गर्नेहरूमध्ये १३ हजार तीन सय जनाले दाबी माग गरेका छन् । सोमध्ये १४ सय ४१ वटा दाबीको मात्रै भुक्तानी भएको बीमा समितिले जानकारी दिएको  छ । 

प्रतिक्रिया दिनुहोस