
काठमाडौं । कात्तिक १८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार कात्तिक १९ गतेदेखि शुरु भएको छ । प्रि ओपनिङ सेसनमा कारोबार भएसँगै कम्पनीको नियमित सेसनको कारोबार खुला भएको हो ।
पहिलो कारोबार दिन सानिमा जनरल इन्स्योरेन्सको प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबार भएको छ । नियमित सेसनमा भने कारोबारको आधा घण्टासम्म खरिद र विक्री कर्ता कुनै देखिएका छैनन् ।
सानिमा जनरलको संस्थापक तर्फको ७० लाख कित्ता र सर्वसाधारण तर्फको ३० लाख गरी कुल १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३ दशमलव ७३ देखि ३११ दशमलव १९ रुपैयाँसम्मको मूल्य तोकेको थियो । कम्पनीले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस