aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाइटेड इदी मर्दीको आईपीओ  बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
युनाइटेड इदी मर्दीको आईपीओ  बाँडफाँट

काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले कास्की जिल्लाका आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो । 

कुल कित्तामध्य  १ लाख ७६ हजार ९० कित्ता शेयर मात्र विक्री भई बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको छ । स्थानियमा वितरण हुन नसकेको बाँकी शेयर सर्वसाधारणमा जोडर कम्पनीले दोस्रो चरणमा विक्री गर्नेछ । कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्य पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गरेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता विक्री गर्ने तयारी कम्पनीको थियो । 

अब स्थानियमा विक्री हुन नसकेको २ लाख ४३ हजार ९४० कित्ता शेयर पनि सर्वसाधारणमा जारी हुनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । 

यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ  ८५ दशमलव ८२ रुपैयाँ रहेको छ
 

प्रतिक्रिया दिनुहोस