aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अरिहान्त समूहको जल पाइप्स एण्ड फिटिङस सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
अरिहान्त समूहको जल पाइप्स एण्ड फिटिङस सार्वजनिक

महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका  अतिथि सेकिसुईले उक्त प्रोडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका थिए  । 

उक्त  कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला लगाएतको उपस्थिति रहेकोे थियो । 

उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकाय गरि जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
  
कार्यक्रममा जापान सेकिसुइका अतिथिले जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत भएको र  उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने बताए । 

त्यसैगरी जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुसि ब्यक्त गरेकी थिइन् ।

त्यस्तै कार्यक्रमबारे थप प्रष्ट पार्दै अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनल भने  'अरिहान्त का धेरै क्षेत्रहरु रहेको छ । हामी पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजीरहेका छौ । यो अवसर जल पाइप्स एण्ड फिटिङसबाट पाएका छौ । यसमार्फत हामी के अपेक्षा राख्दछौ भने हाम्रो अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्स खरिद गर्नुहुनेछ ।'
 
कार्यक्रममा हंसराज जैनले अरिहान्त नामको कम्पनी खोलेको जानकारी गराउदै  त्यसपछि यो सफलता र विश्वासको यात्रा निरन्तर अघि बढिरहेको जानकारी गराइएको थियो  ।

अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ ।   अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।
 

प्रतिक्रिया दिनुहोस