
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले प्रस्ताव गरेको कुल ११ प्रतिशत लाभांश यथावत रहने गरी बोनस दर र नगद लाभांशमा केहि फेरबदल गरेको हो ।
यसअघि बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । अब बैंकले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले हाल कायम चुक्तापूँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँको आधारमा उक्त लाभांश दिन लागेको हो । संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस