aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिटिजन्स बैंकको लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
सिटिजन्स बैंकको लाभांश संशोधन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले प्रस्ताव गरेको कुल ११ प्रतिशत लाभांश यथावत रहने गरी बोनस दर र नगद लाभांशमा केहि फेरबदल गरेको हो । 

यसअघि बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । अब बैंकले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको छ । 

बैंकले हाल कायम चुक्तापूँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँको आधारमा उक्त लाभांश दिन लागेको हो । संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस