aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते

काठमाडौं । बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते हुने भएको छ । बैंकको प्रधान कार्यालय,कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत सभा गर्ने जानकारी दिएको हो ।

यस वर्ष बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 

गत वर्ष बैंकले कुल १७ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष बैंकले ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत कर समेत नगद लाभांश दिएको हो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंकले यो वर्ष बोनसमा जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस