aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विद्युत् सेवा अवरुद्ध चार दिनदेखि अन्धकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
विद्युत् सेवा अवरुद्ध  चार दिनदेखि अन्धकार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् । 

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए । अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताए । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस