
एजेन्सी । उदय नारायण झाका छोरा आदित्य नारायण झाको विवाह यहि आउँदो डिसेम्बरमा हुन गइरहेको छ । बुधवार आदित्य र उनकी हुनेवाली श्रीमति श्वेता अग्रवालको मग्नीको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मंगलबार मात्रै आदित्यले आफ्नो सोसियल पोस्टमा लेखिएका थिए, “हामी विवाह गर्न गइरहेका छौं । म सबभन्दा भाग्यमानी हुन मलाई श्वाता जस्ती जीवन साथी पाए । उनलाई मैले ११ पहिला भेटेको थिए । अब भने हामी डिसेम्बरमा विवाह गर्दैछौं । विवाहको तयारीको तयारीका लागि सामाजिक मिडियाबाट सार्वजनिक गर्दै छु । तपाईहरुसँग डिसेम्बरमा भेटदैछु ।''
उदय नारायण झाले भारतीय एक पत्रिकासँग कुरा गर्दै भनेका छन, “मलाई याद छ ३१ अगस्तको दिन आदित्य मेरो सामू आयो र पापा म विवाह गर्दै छु ।आदित्यको कुरा सुनेर म अचम्ममा परे । उनले १० वर्ष अघिदेखिको चिनजान रहेकीलाई जीवन साथी बनाउन लागेको पनि बताए । यति सुनेपछि मैले भने पछि केहि भएमा आमाबाबालाई केहि पनि भन्न पाउदैनौ ।''
आदित्य र श्वेता ने २०१० मा रिलिज भएको चलचित्र ’शापित’ मा काम गरेका थिए । त्यहि बेलादेखि आदित्य र स्वेताबेलादेखि दोष्ती शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस