aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मल्टीपर्पस फिनांस कम्पनीको साधारण सभा मंसिर १९ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
मल्टीपर्पस फिनांस कम्पनीको साधारण सभा मंसिर १९ गते

काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ । कम्पनीले केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा विहान ११ बजे सभा बोलाएको हो । 

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पारित गर्नेछ ।

 यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कात्तिक १९ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस