
काठमाडौं । युनिलिभरले नेपाल लिमिटेडले मंसिर १६ गते २७ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत अपरान्ह ३ बजेर ४५ मिनेटमा सभा सुरु गर्ने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश समेत पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष प्रतिशेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश र वार्षिक प्रतिवेदन सहित कमपनीको व्यवसायिक सामाजीक उत्तरदायित्व अन्तर्गतको परियोजनामा भएका खर्चहरुलाई पनि पारित गर्नेछ ।
साथै कम्पनीको प्रबन्धपत्र तथा नियमालवी संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनक लागि कात्तिक २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस