
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा मंसिर १८ गते हुने भएको छ । कम्पनीको कात्तिक २२ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहित ९ दशमलव ५० प्रतिशत बोनस शेयर र बोनस शेयर कर समेत ४ दशमलव १८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
सभाले सर्वसाधारण शेयरधनीहरुबाट ३ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । यस कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्तीको लागि आवश्यक सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृति गर्ने विषय पनि सभाका लागि तय गरेको छ ।
त्यस्तै सञ्चालक नियुक्ती अनुमोदन, वर्तमान अधिकृत जारी तथा चुक्तापूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँबाट बृद्धि गरी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ पु¥याउने र सो प्रस्ताव बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा मंसिर ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस