aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन्नी देवलको सम्पत्ति कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
सन्नी देवलको सम्पत्ति कति छ ?

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल । पछिल्लो समय उनी राजनीतिमा लागेका छन् । भारतीय जनता पार्टीबाट सांसद पद जितेका उनी सक्रिय रुपमा बलिउडमा भने देखिएका छैनन् ।

उनको जन्म सन् १९५७, १९ अक्टोबारमा भएको थियो । उनको रियल नाम अजय सिंह देवल हो । उनी अभिनेता, निर्देशक तथा निर्माता पनि हुन् । उनीसँग ५० मिलियन डलर बराबरको सम्पत्ति रहेकोछ  ।

उनले एउटा फिल्म खेलेबापत ५ करोडसम्म लिने गरेका छन् । उनको स्कुले पढाई स्याक्रिड बोयज हाइस्कुलमा भएको थियो । उनको ग्रयाजुयसन भने राए बोदर कलेजबाट भएको हो । उनको मुम्बईस्थित जुहुमा घर रहेको छ । बलिउड लिजेण्ड धर्मेन्द्रका छोरा सन्नीको ८० र ९० को दशकमा ठुलो डिमाण्ड रहेको थियो ।

पछिल्लो समय उनी पन्जावी फिल्ममा व्यस्त रहेका छन् । उनको आमाको नाम प्रकाश कौर हो । उनको सौतनी आमा भने हेमा मालिनी हुन् । बबी देवल उनको सानो भाइ हुन् । उनको श्रीमतीको नाम पुजा देवल हो ।

उनको पहिलो फिल्म बेताब हो जुन १९८३ मा रिलिज भएको थियो । दुई सन्तानका पिता रहेका देवलले गदर एक प्रेम कथा फिल्ममा दमदार अभिनय गरेका थिए । उनलाई सोही फिल्मबाट धेरै अवार्डहरु मिलेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस