aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने कात्तिक २४ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

 उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने भएकाले लाभांश प्राप्त गर्न र सभामा भाग लिन कात्तिक २४ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
 

प्रतिक्रिया दिनुहोस