
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ३० लाख कित्ता शेयर सूचीकृत गराएको हो ।
कम्पनीले गत पुस १३ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको हो । यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । आइतवार सूचीकृत भएको यो शेयर धितोपत्र दोस्रो बजारमा भने सोमवारदेखि कारोबार योग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस