
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सोमबार हुने भएको छ । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा विहान ११ बजे सुरु हुनेछ । सभामा शेयरधनीहरुलाई जुम मार्फत सहभागी गराईने कम्पनीको भनाई छ ।
शिवम्को चुक्तापूँजी हाल ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा शिवम्ले २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो । लाभांश र साधारण सभा प्रयोजनका लागि सिवम्ले कात्तिक १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक १२ गतेसम्म कायम शेयधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
शिवम् सिमेन्ट्ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड ८४ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ दशमलव शून्य ६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०३ दशमलव ४३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस