
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर दिने भएको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले असार १३ गते साधारण सभा गर्दै छ । साधारण सभाका निम्ति कम्पनीको बुक क्लोज बिहीबारदेखि हुँदैछ ।
आज बुधबारसम्म कायम रहेका शेयरधनीले मात्रै सो लाभांश प्राप्त गर्न सक्नेछन् । ८६ करोड ५९ लाख १८ हजार चुक्तापूँजी रहेको कम्पनीको बोनस पश्चात बीमा समितिले तोके बमोजिम एक अर्ब चुक्ता पुँजी हुनेछ ।
प्रतिक्रिया दिनुहोस